Logo
Logo

पर्यटनमन्त्री आलेद्वारा बडिकेदार पदमार्गको शिलान्यास


945
Shares

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले शनिवार सुदूरपश्चिमकै ठूलो तथा प्रशिद्ध शक्तिपिठ बडिकेदारको पदमार्गको शिलान्यास गरेका छन् ।

मन्त्री आलेले जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपिठ एवं धार्मिक पर्यटकिय स्थल बडिकेदारमा तीर्थ यात्रीका लागि पदमार्ग तथा पुर्वाधार योजनाको शिलन्यास गरेका हुन् ।

उक्त पदमार्ग निर्माणका लागि नौ करोड रकम विनियोजन भएसँगै शिलान्यास गरिएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले जानकारी दिए ।

उनका अनुसार उक्त पदमार्गमा बिश्रामस्थल, सिडि तथा रेलिङ निर्माण गरिने छ । भक्तजन तथा दर्शनार्थीहरुको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागेको हो ।

बोगटान क्षेत्रको जङ्गलमा अवस्थित उक्त शक्तिपिठमा भक्तजनले मनले चिताएका कामहरु पूर्ण हुने भएकाले बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थीहरु आउने गर्दछन् । जहाँ प्रत्येक वर्षको मंसिर महिनामा उक्त ठाउँमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्