काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मन्त्री हेरफेर गर्न ढिला भइरहेकामा असन्तुष्टि जनाएका छन् ।

आइतबार विभिन्न सञ्चारमाध्यको सम्पादकहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको निर्णयलाई सरकराले कार्यन्वन गरेको टिप्पणी गरे ।
उनले आफू सरकारमा सहभागी हुँदै आफ्नो पार्टीले ६ महिनाको लागि मन्त्री पठाएको र अहिले आठ महिना हुँदासम्म पनि सरकारको कारण मन्त्री हेरफेर हुन नसकेको बताए । सरकारले समय मागेका कारण मन्त्री हेरफेर हुन नसकेको अध्यक्ष नेपालको भनाइ छ ।
उनले भने, ‘सरकारमा नयाँ मन्त्री पठाउने सन्दर्भमा ढिला ढाला भइरहेको छ । प्रधानमन्त्री र माओवादीका साथीले हामीभित्र पनि यस्ता माग भएकाले एक दुई दिन पर्खिनुस् भन्नुभएको थियो । छिट्टै हुन्छ भन्ने जवाफ दिनुभएको छ ।’
गत जेठ २२ गते एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई बोलाउने र नयाँलाई मन्त्री बनाउने निर्णय गरेका थियो । सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम समेत बुझाएको थियो ।
सत्ता गठबन्धनका अन्य दलमा पनि मन्त्री फेर्ने दबाब बढेपछि प्रधानमन्त्री देउवाले केही समय मागेका थिए । तर, अहिलेसम्म पनि सत्ता गठबन्धनका अन्य दलले मन्त्री हेरफेरको विषयमा टुंगो लगाउन सकेका छैनन् । त्यस














