काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उनले अमेरिकासँग एसपीपी सम्झौता नहुने स्पष्ट पारेका हुन् ।
बैठकमा एसपीपी सम्झौताबारे कुरा भएको र प्रधानमन्त्री देउवा एसपीपीको पक्षामा नभएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।
उनले भने, ‘बैठकमा एसपीपीबारे छलफल भयो, प्रधानमन्त्री शेरबहादुर देउवाजी पनि एसपीपी सम्झौताको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । ।’











