Logo
Logo

काठमाडौंमा कल सेन्टर, अमेरिकामा ठगी


1.4k
Shares

काठमाडौं । काठमाडौंमा कल सेन्टर सञ्चालन गरेर अमेरिकामा बसोबास गर्नेहरुलाई म्यासेज पठाइ ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको सामाखुशीस्थित अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिका बस्नेहरुलाई म्यासेज पठाएर ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा २ जना भारतीय र ११ जना नेपाली नागरिक रहेका छन् ।

पक्राउ परेकाहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै इमालेलमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरी ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्