
रुकुम पश्चिम । जिल्लाको त्रिवेणी गाउँपालिका–१ रुँघामा भिरबाट लडेर किशोरीको मृत्यु भएको छ ।
१७ अस्मिता चन्द घरको फोहोर फाल्ने क्रममा नजिकैको भिरबाट चिप्लेर लडेको परिवारले बताएका छन् ।
उनी त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोटमा कक्षा ११ अध्ययनरत थिइन् ।














