
झापा । रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा १ दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ ।
अविरल वर्षापछि आएको बाढी आइतबार दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको वस्तिमा पसेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाढीले विष्णु लिम्बु, सुवास लिम्बु, रामकुमारी लावती, गोमा तामाङ लगायत १३ जनाको घरमा क्षति पुगेको छ ।
उनीहरूलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।














