Logo
Logo

वैकल्पिक मार्गबाट बेँसीशहर–चामे सडक सुचारू


315
Shares

लमजुङ । पहिरोले अवरुद्ध बेँसीशहर चामे सडक वैकल्पिक मार्गबाट सञ्चालनमा ल्याइएको छ ।

बेँसीशहर नगरपालिका–६ खरखरेमा गएकाे पहिराेले सडक अवरुद्ध छ । तत्काल खुल्ने सम्भावना नभएपिछ वैकल्पिक सडक बेँसीशहर–बाँझाखेत खुदीबाट सवारी सुचारु गरिएको डुम्रे–बेँसीशहर चामे सडक योजनाका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले बताए ।

बिहान ११ बजेदेखि सवारी आवतजावत खुलेको हो । वैकल्पिक सडकको अप्ठ्यारो ठाउँमा एस्काभेटरले मिलाउँदै सवारी सञ्चालन भइरहेको उनले बताए ।

खरखरेबाहेक अन्य स्थानको अवरोध भने हटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्