
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ ।
यात्रुबाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुनेमा ७.७ प्रतिशतले भाडा बढेको छ ।
अब काठमाडौंबाट काँटडभिट्टाको भाडा १८०७ रुपैयाँ पुगेको छ ।
यस्तै काठमाडौंबाट धागढीको २०३७ रुपैयाँ पुगेको छ ।














