Logo
Logo

कृषि उत्पादन बढाउन कृषियोग्य जमिन सरकारले किन्नुपर्छ : वामदेव गौतम


504
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कृषि उत्पादन बढाउन र समाजवादतर्फ जान कृषिको माध्यम अपनाउनुपर्ने बताएका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने भन्दै त्यसका लागि सरकारले दुईवटा काम गर्नसक्नुपर्ने बताए ।

उनले भेन, ‘साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रित गरौं, औद्योगीकरण पनि त्यसैबाट हुन्छ,पर्यटनको विकास पनि त्यसैबाट हुन्छ ।’

उनले त्यो कृषियोग्य जमिन केन्द्रले नै परिचालन गर्नेगरी सरकारले चलन चल्तीको मूल्य दिएर किन्नुपर्ने बताए । ‘२६ लाख हेक्टर कृषि जमिन छ त्यो जमिन सरकारले किनोस् । मेरो विचारमा ४ सय खर्बको मूल्यमा त्यो जमिन प्राप्त गर्न सकिन्छ’, गौतमले त्यसरी सरकारले लिएको जमिनमा ठुलठुला कृषि फार्म निर्माण गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्