Logo
Logo

प्रहरी भर्नामा पूर्वलडाकु तथा घाइतेका छोराछोरीलाई प्राथमिकता दिऔं : गंगा चौधरी



काठमाडौं । नेकपा एमालेका सांसद् गंगा चौधरीले जनयुद्धका लडाकु तथा घाइतेहरुका छोराछोरीलाई प्रहरी भर्नामा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक-२०८९’ मा भाग लिँदै उनले जनयुद्धमा घाइते भएका लडाकुका छोराछोरीलाई प्रहरी भर्नामा प्राथमिकता दिनुपर्ने बताए ।

प्रहरीले झुपडीमा रहेको जानकारी गराउँदै प्रहरी प्रदेशकै मातहतका दिँदा उचित हुने उनको सुझाव छ । त्यस्तै नाकाहरुको अवस्था अस्तब्यस्त भएकाले आफ्नै भूमिमा जान पनि भारतको बाटो हिड्नुपर्ने बाध्यता रहेको दुखेसो पोखे ।

प्रतिक्रिया दिनुहोस्