Logo
Logo

‘प्रहरीमाथि राजनीतिक दलको अत्याचार’



काठमाडौं । ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक-२०८९’को विचार गरियोस् भन्ने प्रस्तावमाथि प्रतिनिधि सभामा छलफल भएको छ ।

आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै विभिन्न राजनीतिक दलका सांसदहरूले उक्त प्रस्तावमाथि विचार व्यक्त गरेका छन् ।

सांसद आशा कुमारी बिकले दुर्गम क्षेत्रका सुरक्षाकर्मीनै असुरक्षित रहेको बताए । उनले दुर्गम क्षेत्रका प्रहरीलाई राम्रो बस्ने ठाउँ समते नभएको बताए ।

यातायातको ब्यवस्था नहुँदा कुनै घटनास्थलसम्म पुग्न घण्टौं हिड्नुपर्ने बाध्यता भएको उनको भनाइ थियो । जसका कारण पीडितले न्याय पाउन मुस्किल भएको उनले बताए ।

अर्का सांसद नवराज सिलवालले प्रहरीमाथि राजनीतिक पार्टीले अत्याचार गरिरहेको टिप्पणी गरे । प्रहरीले राजनीतिक दलको दबाबमा काम गर्नु परेको उनको भनाइ छ । उनले प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने माग गरे । प्रहरीलाई राजनीतिकरण गर्न नहुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्