
बागलुङ । बागलुङका विभिन्न गाउँमा हिउँदमा पिउने पानीको चरम अभाव हुने गरेको छ ।
विषेशगरी समाधानका लागि बागलुङ नगरपालिका–१० स्थित भकुण्डेसहित, काँडेबासको उचाका र थालेपोखरा गाउँका स्थानीयले उक्त समस्या भोग्दै आएका छन् ।
त्यसैले वर्षामा घैंटोमा पानी संकलन गरेर हिउँदमा प्रयोग गर्ने गर्दछन् । घैंटोमा आकासे पानी संकलन गरेर राखिने स्थानीय भीम शेरचनले बताए ।











