Logo
Logo

विदेशका नेपालीलाई मताधिकारकाे माग गर्दै कांग्रेस महामन्त्री थापा र शर्मा आयोग जाने


2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा आज निर्वाचन आयोग जाँदै छन् ।

प्रमुख आयुक्त थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै आयोगको ध्यानाकर्षण गराउन लागिएको महामन्त्री शर्माले बताए ।

आउँदो संघ र प्रदेशको निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्थाका लागि आयोगसँग आग्रह गरिने उनले बताए ।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था गर्नका लागि कानून निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ ।

थापा र शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको पनि यही विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्