Logo
Logo

ललितपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


945
Shares

काठमाडौं । ललितपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

महालक्ष्मी नगरपालिका–१०, लाकुरी भञ्ज्याङस्थित नारायणडाँडा उकालोमा दुर्घटना भएको हो । चालक काभ्रेपलाञ्चोकको मण्डन देउपुर घर भएका ३३ वर्षीय कपिल तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

गए राति सवा ११ बजे तामाङले चलाएको बा४ख ७३३६ नम्बरको टिपर दुर्घटना भएको प्रहरी वृत्त सातदोवाटोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्