Logo
Logo

आर्मी मुख्यालयमा योग दिवस, प्रधानमन्त्रीद्धारा उद्घाटन


2.5k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जुन महिना २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा नेपाली सेनाको मुख्यालय भद्रकालीमा विषेश कार्यक्रम अायाेजना गरेकाे छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री प्रेम आले लगायत सहभागी छन् । कार्यक्रमको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।नेपालमा २०३६ माघ १ देखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो ।

आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्