Logo
Logo

खेलकुदमन्त्रीद्धारा हजयात्रीलाई बिदाइ


378
Shares

काठमाडौं । खेलकुदमन्त्री महेश्वर गहतराजले मक्का मदिनामा हज गर्न जाने १ सय ४ हजयात्रीलाई बिदाइ गरेका छन् ।

मंगलबार बिहान विभिन्न जिल्लाका हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । मक्का मदिना मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल हाे ।

आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्का मदिना जान लागेका हजयात्रीलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् ।

उनीहरू साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्