
काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।
मंगलबार बिहान मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।
सिंहले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरुप राष्ट्रिय विभूति घोषणा गरिएको उनले बताए । यससँगै नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।
सिंहले १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याएका थिए । उनले लेखेको अक्षराङ्कशिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ ।














