Logo
Logo

वर्षाले चीनमा ४ लाख ८५ हजार स्थानीय प्रभावित



एएफपी ।

नानचाङ । पूर्वी चीनको जियाङ्सी प्रान्तमा लगातारको वर्षाबाट ४ लाख ८५ हजार बासिन्दा प्रभावित भएका छन् ।

शनिबार दिउँसो ३ बजेदेखि सोमबारसम्म भएको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३ सय हेक्टर बाली प्रभावित भएको छ ।

त्यहाँको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष ४ सय ७० मिलियन युआन आर्थिक क्षति पुगेको छ ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा केही कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्