
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानीमा भारतीय फौज आएर बसेपछि नेपालीहरू लिम्पियाधुरा र लिपुलेक जान नसकेको बनाएका छन् ।
काठमाडौंमा मंगलबार पूर्वराजदूत समुहसँग भएको छलफलमा ओलीले एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बसेको बताए । ‘कालापानीमा भारतीय फौज भएकाले त्यसभन्दा उताको हाम्रो भूमी लिम्पियाधुरा र लिपुलेकमा नेपाली प्रवेश गर्नै सकेनन् । यो यथार्थ हो,’ ओलीले भने, ‘नेपालीले अहिलेसम्म भन्न नसकेपनि अलिपछि भन्छन् । भन्नैपर्छ ।’
आफ्नो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ नभएको ओलीको भनाइ थियो । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले भोगचलन गरेको भूभाग हो,’ ओलीले भने, ‘हाम्रो भूभाग फिर्ता चाहियो भन्नु अर्घेल्याइँ होइन, सम्बन्ध बिगार्ने कुरा पनि होइन ।’
भारतीय प्राधनमन्त्रीसँग भएको भेटमा आफूले यसबारे खुलस्त छलफल गरेको उनले बताए ।














