
काठमाडौं । रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निवार्चित हुनुपर्ने नीति अघि सारेको छ ।
मंगलबार काठमाडौंमा पार्टी घोषणा गर्दै लामिछानेले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको पक्षमा रहेको बताए ।
जनताले प्रत्यक्ष रुपमा प्रधानमन्त्री चुन्न नपाउँदा स्थिर सरकार बन्न नसकेको बताउँदै उनले प्रत्यक्ष निर्वाचित ब्यवस्थाले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने दाबी गरेका छन् ।
पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीमा नातावादकृपावाद र नेताकार्यकर्ता नभई सबै सदस्य मात्रै हुने बताए ।














