Logo
Logo

नियिमत उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा


1k
Shares

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।

हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानका लागि ५ बुँदे माग अघि सार्दै उडान रोक्ने घोषणा गरेको हो ।

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न माग गरेको छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधार बनाउन स्थान उपलब्ध गराउन पनि सरकारसँग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्