Logo
Logo

निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीले १६ यस नेता काठमाडौं बोलायो


16.9k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्न पोलिटव्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठक बोलाएको छ ।

मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सचिवालय समितिको बैठकले असार १० गते पोलिटब्युरो, ११ गते केन्द्रीय कमिटी र १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाउने निर्णय गरेको हो ।

तीनै कमिटीको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्ने एकीकृत समाजवादीको तयारी रहेको छ । स्थानीय तह निर्वाचनमा गठबन्धनबाट अपेक्षाकृत सहयोग नपाएको भनिरहेको एकीकृत समाजवादीले तीनै कमिटीको बैठकबाट आगामी नीति तय गर्ने छ ।

एकीकृत समाजवादीले केन्द्रीय परिषद्को बैठक पहिलोपटक बोलाएको हो । केन्द्रीय परिषद बैठकमा करिब १६ सय नेता कार्यकर्ता सहभागी हुने बताइएको छ ।

परिषद बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहार, सबै जिल्लाका अध्यक्ष, प्रत्येक निर्वाचन क्षेत्रबाट १ महिला र १ पुरूष गरी १६ सय भन्दा धेरै नेता सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्