Logo
Logo

सेन्ट लरेन्सका दुई शिक्षकलाई थुनामा पठाउन आदेश


4.4k
Shares

काठमाडौं । विद्यार्थीलाई यौन दर्व्यवहार गरेको आरोप लगोका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मंगलबार कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

गत जेठ १० गते कलेजमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया छात्रालाई यौन दुरूपयोग गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए ।

शिक्षकहरूले छात्राहरूलई दुर्व्यवहार गरेको भन्दै कलेजका विद्यार्थीहरु भेला भई नाराजुलुस गरेपछि प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको थियो ।

जाहेरी दिने विद्यार्थीको उमेर १८ वर्षभन्दा कम रहेकाले प्रहरीले उनीहरूमाथि बाल यौन दुराचारको आरोपमा अनुसन्धान अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्