काठमाडौं । वायुसेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई पक्राउ गर्ने तयारी गरेको छ ।
संघले बुधबारदेखि सबै उडान रोक्ने घोषणा गरेपछि अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी गरेको हो । हवाई क्षेत्र अत्यावश्यक सेवा क्षेत्रमा पर्छ । अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने भएकाले अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको थियो ।
त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको थियो ।
त्यस्तै क्यानले वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति (एओसी) समेत खारेज गर्ने तयारी गरेको छ । स्रोतका अनुसार क्यानको आकस्मिक बैठक बसेर निर्णय गर्ने तयारी छ ।
यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।














