
बारा । नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरेर फरार भएको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन् । कलैया–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी पक्राउ परेका हुन् ।
बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई जबर्जस्ती करणी गरेको अन्सारीमाथि आरोप छ ।
उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।














