
दैलेख । दैलेखको भगवतीमाई–७ खोरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार १८ वर्षीय जगत बहादुर विक छन् ।
ट्याक्टर अनियन्त्रित भई गएराति सडकबाट अन्दाजी ५० मिटर तल खसेको अस्थायी प्रहरी पोष्ट लोहरे दैलेखले जनाएको छ ।











