Logo
Logo

एन्फा पदाधिकारीको शपथ आज



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यले बुधबार शपथ लिँदैछन् ।

साँझ ५ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा शपथ ग्रहणको कार्यक्रम हुने एन्फाले जनाएको छ । नवनिर्वाचित कार्यसमितिले आजैदेखि पदभार सम्हाल्नेछन् । सोमबार भएको निर्वाचनबाट अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ विजयी भएका थिए ।

वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी विजयी भएका थिए । महासचिव र कोषाध्यक्ष भने मनोनित हुने व्यवस्था छ ।

२ जना केन्द्रीय सदस्य टुंगो लाग्न बाँकी छ । १३ सदस्यीय खुल्लाका लागि ३२ जनाले प्रतिस्पर्धा गरेकोमा दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए ।

बराबर मत प्राप्त गरेका यी ४ मध्ये २ जना केन्द्रीय सदस्य बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्