Logo
Logo

झापामा सर्पले डस्दा किशोरको मृत्यु


882
Shares

झापा । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा किशोरको मृत्यु भएको छ ।

हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पको डसाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्पले डसेपछि सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्