Logo
Logo

स्वतन्त्रमाथि आघात गरिएको भन्दै लामिछानेविरुद्ध आयोगमा उजुरी


5.4k
Shares

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दर्ता गराएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । पत्रकारिता छाडेर लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए ।

‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्नेगरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो ।
स्वतन्त्र उम्मेदवारी अभियान डम्बर साहुले ध्यानाकर्षण गराउँदै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरिएको छ ।

निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै दिइएको उजुरी पत्रमा भनिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’

साथै, उजुरीमा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति/समूह/संस्थालाई गम्भीर आघात पुगेको बताइएको छ । लामिछानेले ‘स्वतन्त्र’ शब्द जोडेर पार्टीको नाम घोषणा गरेपछि पक्ष र विपक्षमा बहस भइरहेका बेला साहुले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्