Logo
Logo

अफगानिस्तानमा भूकम्प : २५० जनाको मृत्यु, सयौँ घाइते



काठमाडौं । अफगानिस्तानमा गएराति गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको ज्यान गएको छ भने सयौँ घाइते भएको बताइएको छ ।

अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार ६.१ म्याग्निट्यूड भूकम्प गएको थियो, जसको कम्पन ५१ किलोमिटर गएको थियो । सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिन्छन् ।

एक स्थानीय अधिकारीले बीबीसीलाई बताएअनुसार २५० जनाभन्दा बढीको ज्यान गएको छ । त्यो संख्या अझै बढ्न सक्ने उनले बताएका छन् । उनका अनुसार प्रारम्भिक जानकारीमा १५० जनाभन्दा बढी घाइते भएको विवरण आएको छ ।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ ।
केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ । अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्