
काठमाडौं । बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको छ ।
यस विषयामा छलफल गर्न गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । राष्ट्रिय जनमोर्चालाई भने बैठकमा नबोलाइएको कांग्रेसका एक नेताले बताए ।
एकीकृत समाजवादीले जेठ २२ मै आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको थियो ।
यसले काँग्रेस, माओवादी र जसपामा पनि मन्त्री हेरफेरको दवाव बढेको छ














