Logo
Logo

न्यायाधीश र वकिलको दुई करोड ‘डिल’ प्रकरण : तीन सदस्यीय छानविन समिति गठन


5.4k
Shares

काठमाडौं । सहकारीका बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा जेलमा रहेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा भएको घुस लेनदेनबारे जिल्ला न्यायाधीश राजकुमार कोइरालामाथि छानबिनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

बुधबार बसेको न्यायपरिषद्को बैठकले तीन सदस्यीय समिति गठनको निर्णय गरेको हो । छानबिनका लागि न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको कानुन मन्त्री गोविन्द प्रसाद शर्माले जानकारी दिए ।

न्युज २४ टिभीले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो सार्वजनिक गरेको थियो । न्यायाधीश कोइरालाले भने आफूबाट कुनै अनुचित काम नभएको दाबी गरेका छन् ।
विभिन्न दबाब र प्रभावका बाबजुद पनि आफूले निष्पक्ष भूमिका निर्वाह गरेको पनि कोइरालले उल्लेख गरेका छन् । आफूमाथि न्याय परिषद्बाट छानबिन भए पूर्ण सहयोग गर्ने कोइरालाको भनाइ छ ।

न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000