Logo
Logo

अदालतको गेटमा खुकुरी हान्ने गुन्डा नाइके सिआइबी फन्दामा




काठमाडौं । अदालतकै गेटमा खुकुरी प्रहार गरी हत्या प्रयास गर्ने गुन्डा नाइके नौ महिनापछि पक्राउ परेका छन् । १० असोज २०७८ मा उच्च अदालत, विराटनगरको गेटमा व्यवसायी कमलसिंह लामालाई खुकुरी हान्ने रमेश राजवाहकलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बुधबार पक्राउ गरेको हो ।


विमल कार्की लगायत व्यक्तिलाई परिचालन गरी उनले लामालाई खुकुरी हान्न लगाई गम्भीर घाइते बनाएका थिए । उद्योगसम्बन्धि मुद्दा अदालतमा चलिरहेका बेला खुकुरी हानेर उनीहरुले लामाको हत्या गरी सम्पत्ति हत्याउने प्रयास गरेका थिए । घटनायता फरार रहेका राजवाहकलाई भक्तपुरबाट पक्राउ गरी मोरङ पठाइएको सिआइबीका प्रवक्ता एसपी श्याम कुमार महतोले बताए । उनीविरुद्ध जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता छ ।

प्रतिक्रिया दिनुहोस्