Logo
Logo

प्रधानसेनापति शर्माको लेवनानी राष्ट्रपतिसँग शिष्टाचार भेट


693
Shares

काठमाडौँ । लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्माले आज त्यहाँका राष्ट्रपति मिसेल आउनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटघाटका क्रममा राष्ट्रपति आउनले लेवनानमा शान्ति स्थापनाका लागि ३१ (एकतीस) जना नेपाली शान्ति सैनिकले गरेको योगदानको प्रशंसा गर्नुका साथै स्थानीय समुदाय र नेपाली शान्ति सैनिकबीचको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गरे ।

उनले पर्यावरण संरक्षण र अन्य सामुदायिक परियोजनामा नेपाली शान्ति सैनिकले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेका छन् ।

भेटवार्तामा प्रधानसेनापति शर्माले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट लेवनानका राष्ट्रपति नागरिकलाई पठाएको सद्भावना सन्देश जानकारी गराउँदै लेवनानी सरकारले नेपाली शान्ति सैनिकलाई गरेको समर्थन तथा सहयोगका लागि लेवनानी राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरेका थिए ।

लेवनानको पाँच दिने भ्रमण सम्पन्न गरी प्रधानसेनापति शर्मा, भ्रमणदल सहित, आजै सिरिया प्रस्थान गरेका छन् । सिरियाको भ्रमण सकेर प्रधानसेनापति शर्मा अमेरिका भ्रमणमा जाने कार्यतालिका छ । यही ४ गते उनी शान्ति मिसान क्षेत्रको औपचारिक भ्रमणका लागि लेवनान प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्