काठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए । बैठकपछि सञ्चारमन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले, ‘हाम्रो समाजमा बुवा र आमा नेपाली नागरिक हुँदा पनि सन्तानले नागरिकता नपाएको अवस्था छ । त्यसलाई अन्त्य गर्न अग्रसरता लिने निर्णय भएको छ ।’ बजेट पारित भएपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी थालेको छ ।
विधेयक अगाडि बढाउने विषयमा राजनीतिक वातावरण निर्माणका लागि गृहमन्त्री बालकृष्ण खाणले अग्रसरता लिएका छन् । उनले गठबन्धन र विपक्षी दलका नेतृत्वसँग छलफल गरेका थिए ।
बैठकले अब नागरिकता विधेयक अगाडि बढाउन गठबन्धनले निर्णय गरेको मन्त्री कार्कीले बताए । बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको मन्त्री कार्कीले बताए ।











