Logo
Logo

१७ एसएसपी डिआइजी बढुवामा सिफारिस, बसन्त र अशोकको छलाङ




काठमाडौैं । डेढ महिनादेखि रोकिएको नेपाल प्रहरीको डिआइजी बढुवाको गाँठो फुकेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिले १७ एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गरेको छ ।


बढुवाको पहिलो नम्बरमा बसन्तबहादुर कुँवर परेका छन् । यसअघि उनी १२ नम्बरमा थिए । यसअघि दोस्रो नम्बरमा रहेका टेकप्रसाद दोस्रो नम्बरमै परेका छन् भने तेस्रो नम्बरमा अशोक सिंहले छलाङ मारेका छन् । सिंह २० औं नम्बरमा थिए । यसअघि पहिलो नम्बरमा रहेका सन्दीप भण्डारी सातौं नम्बरमा पुगेका छन् । ६ नम्बरमा रहेका दीपक थापा चौथो नम्बरमा तानिएका छन् । बढुवा हुने अन्यमा श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सुदीप गिरी, मिरा चौधरी, टेक प्रसाद तामाङ, उमेशराज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।

प्रतिक्रिया दिनुहोस्