Logo
Logo

बागबजारको पानीमा भेटियो हैजा जिवाणु


819
Shares

काठमाडौं । काठमाडौंको बागबजारको पानीमा हैजाको जिवाणु रहेको पुष्टि भएको छ ।

यसले हालै हैजा देखिएका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासका अनुसार उनीहरूले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ ।

यी मानिसको दिसामा रहने संक्रामक जिवाणु हुन् । काठमाडौंमा लामो समयसम्म फोहोर नउठेका कारण पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्