Logo
Logo

‘भारत गौरव पर्यटक रेल’ जनकपुर आइपुग्दै


567
Shares

जनकपुर । भारतीय पर्यटक सवार ‘भारत गौरव पर्यटक रेल’ आज नेपाल आइपुग्दै छ ।

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेल दिउँसो १ बजे जनकपुर स्टेसनमा आइपुग्ने छ । उनीहरूको सुरक्षाका लागि जनकपुरमा विशेष प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

रेलमा सवार ५ सय पर्यटक १ रात जनकपुरमै बस्ने उनले बताए । भारतीय पर्यटकलाई जनकपुर भ्रमण गराउन मधेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गरेको हो ।

पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्