Logo
Logo

मौसमः प्रदेश १ मा राति भारी वर्षाको सम्भावना


567
Shares

काठमाडाैं । देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । बागमती, गण्डकी, मधेस र प्रदेश–१ मा आंशिक देखि सामान्य वर्षाको सम्भावना छ ।

अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज लुम्बिनी र कर्णालीमा पनि पानी पर्ने अनुमान गरिएको छ ।

आज राति प्रदेश–१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रदेश–१ मा केही दिनदेखि लगातार ठूलो वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम उच्च छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी जिल्लामा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

केही दिनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि मनसुन फैलिने महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्