Logo
Logo

मन्त्री हाङ्गामले किन गरे कर्मचारीको प्रशंसा ?


7.1k
Shares

विराटनगर । प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रताप प्रकाश हाङ्गामले कर्मचारीको प्रशंसा गरेका छन् । मन्त्रालय अन्तर्गतका कर्मचारीको कार्यकुशलताले छोटो समयमै उपलब्धि हासिल गरेको उनकाे भनाइ छ ।

उद्योग, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत उद्योग, बाणिज्य तथा उपभोक्ता हित संक्षण निर्देशनालयले बिराटनगरमा आयोजना गरेको कर्मचारी क्षमता विकास तालिमको उद्घाटन गर्दै मन्त्री हाङ्गामले कर्मचारी दक्ष र उर्जासिल भएमात्रै सरकारले परिणाममुखी काम गर्न सक्ने बताएका हुन् ।

‘कर्मचारीकै कार्यदक्षताले हामीले उद्योगमैत्री नीति कार्यक्रम बनाउँन सफल भएका छौँ । उद्यमीलाई सहजताका लागि विभिन्न कार्यबिधि समेत तयार गर्याैं । छोटो समयमा नै राम्रो प्रतिफल प्राप्त भयाो,’ हाङ्गामले भने ।

कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका घरेलु कार्यालयका कर्मचारी सहभागि छन् । समृद्ध प्रदेश निर्माणका लागि उद्योग क्षेत्रको नै महत्वपुर्ण भुमिका रहने भएकाले नतिजा देखिने गरी काम गरे सरकारले प्रोत्साहन गर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्