
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित आदर्शचोकमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको टिपर बिहान एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा भक्तपुर–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
टिपर चालक दोलखा मेलुङ–३ का ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














