
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य हिजोभन्दा प्रतितोला २ सयले बढेको छ ।
छापावाल सुन ९७ हजार ५ सय र तेजाबी सुन ९७ हजार प्रतितोलाले कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँ घटेर १ हजार २ सउ ५० तोकिएको महासङ्घले जनाएको छ ।












