Logo
Logo

खोटेहाङको बजेट ५५ करोड ४३ लाख



खोटाङ । खोटेहाङ गाउँपालिकाले २०७९/८० का लागि ५५ करोड ४३ लाख ९३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

चालुतर्फ १० करोड ६ लाख ५५ हजार, पूँजीगततर्फ ११ करोड ४६ लाख ३२ हजार ५ सय ६० रुपैयाँ रहेको छ । बुधबार गाउँसभामा अध्यक्ष प्रमुख उदिमबहादुर राईले नीति तथा कार्यक्रम र उपप्रमुख रुपेश राईले बजेट प्रस्तुत गरेका हुन् ।

सशर्त अनुदानमा २८ करोड १ सय, विशेष अनुदानमा २ करोड ५० लाख, समपूरक अनुदानमा १ करोड ७० लाख बजेट प्रस्तुत गरिएको छ ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पनि आजै नगर–गाउँसभा गर्दैछन् । केपिलासगढी गाउँपालिकाले शनिबार गर्ने तयारी गरेको छ ।

जिल्लाका अन्य ७ पालिकाले शुक्रबार एकैदिन गाउँ तथा नगरसभा गर्दैछन् । खोटाङमा २ नगर र ८ गाउँपालिका छन् ।

प्रतिक्रिया दिनुहोस्