काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आसन्न पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठकका लागि एजेण्डा तयार गर्ने भएको छ ।

पार्टीले असार १० मा पोलिटब्युरो, ११ र १२ मा केन्द्रीय कमिटी र १३ र १४ मा केन्द्रीय परिषद् बैठकको तयारी गर्दैछ ।
बैठकमा पेश गर्ने एजेण्डा तयार गर्ने प्रयोजनका लागि बुधबारबाट जारी सचिवालय बैठकले केही महत्वपूर्ण एजेण्डाहरु तयार गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, राजनीतिक तथा आर्थिक प्रतिवेदनसहित आसन्न संघ र प्रदेश निर्वाचनको तयारीका साथै पार्टी संगठन निर्माणमा केन्द्रित रहेर छलफल गर्ने गरी एजेन्डाहरु तय गर्ने बताइएको छ ।














