Logo
Logo

५–११ बर्षका बालबालिकालाई फाइजर खोप


315
Shares

काठमाडाैं । सरकारले ५–११ बर्षका बालबालिकालाई कोभिडबिरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ ।

दुई चरणमा गरी ७७ जिल्लाका ३९ लाख बालबालिकालाई खोप दिइने छ । बिहीबारदेखि पहिलो चरणमा २७ जिल्लामा सुरु गरिएको हो ।

खोप अभियानको भक्तपुरस्थीत आदर्श माध्यमिक बिद्यालयमा युएसएड नेपाल मिसनका अधिकारीले निरिक्षण गरेका थिए । पहिलो चरणमा १५ असारसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म दिइने छ ।

बाँकी ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोपका लागि कोभ्याक्सले २२ लाख डोज फाइजर खोप पठाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्