Logo
Logo

खप्तड लघुवित्त र मेगा क्यापिटलबीच शेयर निष्कासन सम्झौता



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ ।

संस्थाले १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न मेगा क्यापिटल मार्केट्सलाई शेयर रजिस्ट्रारका रुपमा नियुक्त गरेको हो ।
त्रिपुरेश्वरमा १ कार्यक्रमबीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता भएको हो ।

खप्तड लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम र मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा खप्तड लघुवित्तका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटल मार्केट्सका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठकोसमेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्