
काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माणधीन २२० केभी कोसी करिडोरले दोभान–तिरतिरे–तेल्लाबुुङ सडकखण्ड स्तरोन्नति गरिदिने भएको छ ।
ढुङ्गेसाँघुमा नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको सबस्टेशन निर्माण गरिरहेको छ । सबस्टेशन निर्माणका सामग्री ढुवानी गर्दा प्रयोग हुने उक्त सडक स्तरोन्नति गर्ने सहमति भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।
हिउँदभर सञ्चालनमा आई हाल बन्द भएको मदन भण्डारी मार्गलाई वर्खामा पनि नियमित सञ्चालन गर्ने गरी गाउँपालिकाले पहल सुरु गरेको हो । आयोजनाको विद्युत् टावर निर्माण गर्दा दायाँ–बायाँ १५–१५ मिटरमा असर पुग्छ ।
त्यसैले निजी जग्गाको साथै संरचना हटाउँदा आयोजनासँग क्षतिपूर्तिको मूल्याङ्कन विषयमा समन्वय भइरहेको आयोजनाले जनाएको छ ।














