Logo
Logo

अब केही घण्टाहरुमै मन्त्री हेरफेर हुन्छन् : जगन्नाथ खतिवडा



काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल भएको छ । बैठकमा पार्टीका मन्त्रीहरु हेरफेर गर्ने निर्णयलाई कार्यान्वयन गर्नेबारे छलफल भएको हो । बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिएको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब चाँडै मन्त्रीहरु हेरफेर हुने जानकारी दिएका उनका अनुसार अब दिन होइन, केही घण्टाहरुमै मन्त्रीहरु हेरफेर हुनेछन् ।

बिहीबार आगामी बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बसेको थियो । आजको सचिवालय बैठकमा पनि मन्त्री हेरफेरमा जोड दिइएको छ ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार शुक्रबार पोलिटब्यूरो बैठक बस्ने भएको भने भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्