Logo
Logo

वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन ज्वारचन नियुक्त



काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी निगमका वरिष्ठ क्याप्टेन दीपु राज ज्वारचनलाई दिइएको छ ।
सरकारले युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष र डिमप्रकाश पौडेललाई महाप्रबन्धनबाट बर्खास्त गरेसँगै नेतृत्वविहीन बनेको निगममा ज्वारचन महाप्रबन्धक नियुक्त भएका हुन् ।

भ्रष्टाचार गरेको आरोप लागेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषदले कार्यकारी प्रमुखबाट बर्खास्त गरेको थियो । त्यसैगरी निगमलाई निजी क्षेत्रलाई बेच्ने निर्णय गरेका पौडेललाई २३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो ।
यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् ।

पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा कर्मचारीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्