Logo
Logo

प्रचण्डको दाबी- ओलीले एसपीपीमा राष्ट्रघात गरे



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा राष्ट्रघाती क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

फाइल फोटो

पार्टीबाट ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो आरोप लगाएका हुन् । उनले ओली नेतृत्वको तत्कालीन सरकारले एसपीपी सम्झौतामा स्वीकृति दिएको पनि बताए । ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको उनको भनाइ छ ।

‘२०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेलामा र केपी ओली नै रक्षामन्त्री पनि भएको बेलामा यो सम्झौताबारे एउटा सैद्धान्तिक सहमति त्यतिबेलै भएको र प्रवेश गरेको भन्ने कुरा अब छ्याङ्गै भएको छ,’ उनले भने, ‘केपी ओलीले नै त्यो राष्ट्रघात गरेको हो ।’

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पठाएको पत्रमा रक्षामन्त्रीको निर्देशन अनुसार भन्ने उल्लेख गरिएबाट पनि सो पत्रमा तत्कालीन प्रधानमन्त्री एवम् रक्षामन्त्री ओली संलग्न भएको पुष्टि हुने बताए ।

प्रतिक्रिया दिनुहोस्